Dec 22, 2012

सम्विधान! सम्विधान!! सम्विधान!!!

 
 
 
मर्छन कि क्या हो नेताहरु त सन्विधान सन्विधान भन्दै
बनाउन गएका त समय सबै बिताए आआफ्नै खुट्टा तान्दै

सत्रौ पटक पनि चुनाबै भयो क्यारे मन्त्रि छान्दा छान्दै
प्रचण्ड माधव शुसिल सबैका दिन गए कुर्सि ताक्दा ताक्दै


अवधि भरि घुमे क्यारे सबैजना आ-आफ्नै पेट पाल्दै
धुल्मुलाइ सबैका आखा सधै सहमति सहमति भन्दै


वाक्क छन सबै कहि नभएको जात्राको दर्शक बन्दा बन्दै
कर्मै खोटो जे जस्तो भएनि उसैलाइ मान्नै पर्ने नेतै


व्याकुल छन सबै खोइ के गर्ने के हुने हो भन्दै
नगरे केहि आजै हुनेछ वर्षौ पनि चर्तिकला जस्ता को तस्तै


अहिले नि अबुझ झै गर्दैछन उनिहरु पहिलेकै जस्तै
हाम्रो देशको हालत बनाएर पनि खराब भन्दा नि खराबै


केहि गर्नुछ आफुले सके जति आऔ साथिहरु सबै
सोचौ अहिलेइ ढिलो होला फेरि समय एउटै हुन्न सधै

No comments:

Post a Comment