Showing posts with label Poem or Literture. Show all posts
Showing posts with label Poem or Literture. Show all posts

Dec 22, 2012

"पत्थर भन्दा नि कठोर उन्को छाति"




नरम चर्म भित्रका तिम्रा ति छाति
चरम मर्म नि नबुझ्ने पत्थर भन्दा नि माथि

फलाम बरु पग्लिजाला तर तिम्रो छाति
हुदै हुदैन जे जति गरे पनि जाति


कसम खाए कति कति कहिले छोए पाथि
जे जस्तो गरेपनि हुदै हुदैन साथि


कहिले-त आन्दोलन्-नि गरे खाने गरि लाठि
तर जे जस्तो गरे पनि लाइन मै आएन बाठि


हप्तामा नि पुगे होला सयौ बार पशुपति
यसरि नै देवि देउतानि ढोगे क्यारे कति कति


केहि सिपै लागेन क्यारे गरे पनि जे जति
दिन चर्यानै भयो मेरो त पर्यास जति खति


लौन कोहि गइ देउन सम्झाइ बुझाइ साथि
पर्खन्छु यहा त भयो भयो नभए नि माथि

सम्विधान! सम्विधान!! सम्विधान!!!

 
 
 
मर्छन कि क्या हो नेताहरु त सन्विधान सन्विधान भन्दै
बनाउन गएका त समय सबै बिताए आआफ्नै खुट्टा तान्दै

सत्रौ पटक पनि चुनाबै भयो क्यारे मन्त्रि छान्दा छान्दै
प्रचण्ड माधव शुसिल सबैका दिन गए कुर्सि ताक्दा ताक्दै


अवधि भरि घुमे क्यारे सबैजना आ-आफ्नै पेट पाल्दै
धुल्मुलाइ सबैका आखा सधै सहमति सहमति भन्दै


वाक्क छन सबै कहि नभएको जात्राको दर्शक बन्दा बन्दै
कर्मै खोटो जे जस्तो भएनि उसैलाइ मान्नै पर्ने नेतै


व्याकुल छन सबै खोइ के गर्ने के हुने हो भन्दै
नगरे केहि आजै हुनेछ वर्षौ पनि चर्तिकला जस्ता को तस्तै


अहिले नि अबुझ झै गर्दैछन उनिहरु पहिलेकै जस्तै
हाम्रो देशको हालत बनाएर पनि खराब भन्दा नि खराबै


केहि गर्नुछ आफुले सके जति आऔ साथिहरु सबै
सोचौ अहिलेइ ढिलो होला फेरि समय एउटै हुन्न सधै